Section 14
बीजक दिनु पर्ने
(१) प्रत्येक दर्ता भएको व्यक्तिले तोकिए बमोजिमको अवस्थामा बाहेक कुनै वस्तु वा सेवा आपूर्ति गर्दा प्रापकलाई बीजक दिनु पर्नेछ ।
(२) बीजकको ढाँचा तोकिएबमोजिम हुनेछ ।
(३) बीजक लिनु प्रापकको कर्तव्य हुनेछ ।
(४) दश हजार रुपैयाँभन्दा बढीको कर लाग्ने वस्तु विभागले तोकेको क्षेत्रबाहिर ढुवानी गर्नेले कर बीजक साथमा राख्नु पर्नेछ ।(५) विभागले सूचना प्रकाशन गरी वा लिखित आदेश दिई तोकेको कुनै व्यक्तिले कुनै तोकेको वस्तुको सोही सूचना वा आदेशमा तोकेको समयावधिका लागि त्यस्तो वस्तुको खुद्रा बिक्री मूल्य सार्वजनिक गर्नुपर्ने गरी तोक्न सक्नेछ । यस्तो सूचना वा आदेश प्राप्त भएपछि खुद्रा बिक्री मूल्य सार्वजनिक नगरी कुनै वस्तुको बिक्री वा हस्तान्तरण गर्न पाउने छैन ।
(६) उपदफा (५) बमोजिमतोकिएको व्यक्तिले त्यस्तो वस्तु दर्ता नभएको व्यक्तिलाई बिक्री गर्दा सार्वजनिक भएको मूल्यमा तोकिएको ढाँचामा बीजक दिई उपभोक्ता तहको कर समेत असुल उपर गराउने व्यवस्था गरिनेछ ।
तर उपदफा (७) बमोजिम नतोकिएको कुनै व्यक्तिले पनि स्वेच्छाले यस उपदफा बमोजिमको बीजक दिन सक्नेछ ।